सोही वार्ताको सकारात्मक परिणामस्वरुप थप कुटनीतिक अवसर प्रदान गर्न उनले सैन्य कारबाहीलाई केही दिन पछि सार्ने निर्णय लिएको जानकारी दिएका हुन् । यसअघि दुई देशबीच तनाव बढ्दै जाँदा अमेरिकाले इरानी ऊर्जा क्षेत्रका रणनीतिक पूर्वाधारहरूलाई लक्षित गरी सैन्य प्रहार गर्ने तयारी गरेको थियो ।
तर पछिल्लो संवादमा भएको प्रगतिले युद्धको सम्भावनालाई तत्कालका लागि टारेको विश्लेषण गरिएको छ । ट्रम्पको यो कदमलाई मध्यपूर्वमा तनाव कम गर्ने एउटा महत्वपूर्ण पहलको रूपमा हेरिएको छ ।