अर्थ मन्त्रालयको स्रोत सहमतिसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । १ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले बताए । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले बताए । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सिडिई भण्डारी बताए । हालसम्मको भौतिक प्रगति ७ प्रतिशत रहेको छ ।
यता निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने निर्माणमा कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताए । निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उप्रेती बताए। आहिले स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माण सामाग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेको उप्रतीले बताए।