उक्त टोलीलाई एकलरुपमा अमेरिकी व्यापारी काल सोमानीले १.६३ विलियन डलर (नेपाली रुपैयाँ करिब २ खर्ब १७ अर्ब ६० करोड) मा खरिद गरेका हुन् । उनले किन्नु अगाडि उक्त कम्पनीको सबैभन्दा ठूलो मालिक भारतीय व्यापारी मनोज बडाले थिए ।
यो विश्वका कुनै पनि खेलकुद प्रतियोगिता फ्रेन्चाइचहरुको सबैभन्दा ठूलो खरिद बिक्री भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय क्रिकेट बोर्डले औपचारिक सहमति प्रदान गरेपछि यो खरिद बिक्रीले पूर्णता पाउने अर्थात् नामसारी हुने बताइएको छ । आईपिएलको नयाँ सिजन यसै सातादेखि शुरु हुँदैछ ।