Thu, Mar 26, 2026
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
बैठकमा संसदीय दलको नेता र समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । सरकारमा मन्त्री कसलाई बनाउने भन्ने बारेमा पनि छलफल हुनेछ ।
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।