प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण हुँदै

Mar 26, 2026 02:11 PM merolagani



नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ । सिंहदरबारस्थित बहुउद्देश्यीय सभा हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

ज्येष्ठ सदस्य सभामुख अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ खुवाउने छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट प्राप्त गरेको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।