शुक्रवार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए । उनकाअनुसार शुक्रवार काठमाडौं–दुबई, शनिवार दुबई–काठमाडौं, आईतवार काठमाडौं–दमाम, आईतवार दमाम–काठमाडौं उडान हुनेछन् । उनले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिए ।
त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २०१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उनले जानकारी दिए।