नेपाली बैंक खाता प्रयोग गरेर क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

Apr 03, 2026 06:37 PM merolagani



नेपालमा प्रतिबन्धित क्रिप्टो कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन् । १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको कारोबार गरेका झोऊ यी फेङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि ‍प्रहरीले काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ ।

नेपाली नागरिकलाई समेत प्रलोभनमा पारेर कारोबारको लागि नेपाली बैंक खाता समेत प्रयोग गरेको पाइएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।