सिमा नाकामा कडाईको असरः भारतमा नेपालीलाई इन्धन भर्न रोक

Apr 22, 2026 03:40 PM mero lagani



सरकारले भारतीय सिमाहरुमा कडाई गर्दै सय रुपैयाँभन्दा धेरै मूल्यको समान खरिदमा कर लिन थालेको छ ।

त्यसले गर्दा सिमावर्ती भारतीय बजारबाट समान खरिद गर्ने नेपालीहरुको संख्या ठूलो मात्रामा घट्नुको साथै भारतीय व्यवसायीहरुको बिक्रीमा असर परिरहेको छ । त्यसको जवाफमा भारतले पनि नेपाली सवारी साधनलाई इन्धन भर्न रोक लगाउन थालेको छ ।

यस्तै अवस्था अन्य सिमावर्ती शहरहरुमा पनि छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डका अधिकांश सीमावर्ती बजारसम्म नेपाली सवारी साधनहरूलाई बिना इजाजत ओहोर दोहोर गर्न दिइने गरिएको छ। भारतसम्म किनमेल र अन्य कामका लागि पुग्ने नेपालीहरू भारतीय पम्पमा इन्धन भरेर फर्कने गरेका छन्। नेपालमा भन्दा भारतमा पेट्रोल ६० देखि ७० रुपैयाँ सस्तो छ ।

 

नेपालगन्जससँग जोडिएको भारतसँगको सीमावर्ती रुपैडिहा बजारमा भारु ९७ रुपैयाँ अर्थात् नेपाली १५५ रुपैयाँ २० पैसामै एक लिटर पेट्रोल पाइन्छ। उत्तर प्रदेशको रुपैडिहा वारि पट्टिको पेट्रोलको मूल्य २१६ रुपैयाँ ५० पैसा छ। नेपाल आयल निगमले नेपालका तराई क्षेत्रमा २१६ रुपैयाँ ५० पैसामा र काठमाडाैं सहितका पहाडी क्षेत्रमा २१९ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गर्दै आएको छ। तर आयल निगमले त्यो पेट्रोल भारतमा किन्दा १५० रुपैयाँ मात्रै पर्छ।

सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भीड नै लाग्ने गरेको बताइएको छ। घण्टौं लाइन बसेर पनि नेपाली सवारी साधनहरुले भारतीय पेट्रोल पम्पहरूबाट इन्धन भर्दै आएका थिए ।

तर, केही दिन यता भारतीय पेट्रोल पम्पहरूले नेपाली सवारी साधनलाई डिजेल र पेट्रोल भर्न रोक लगाएका छन् । कतिपय पम्पहरुले सूचना नै टाँस गरेका छन् भने कतिपयले माथिको आदेश भन्दै इन्धन भर्न रोक लगाइएको बताइएको छ ।

आफ्नो देशमा अमेरिका र इजरायलले आक्रमण गरेपछि करिब डेढ महिनादेखि इरानले विश्वकै पेट्रोलियम ढुवानीको मुख्य मार्ग मानिएको स्ट्रेट अफ हरमुजलाई अवरुद्ध गर्दै आइरहेको छ । त्यहीकारण विश्वका धेरै देशमा इन्धन संकट भइरहेको छ । भारतमा पनि त्यस्तै अवस्था छ । तर, भारतले रुसलगायतका अन्य देशहरुबाट आयात गरेर पनि इन्धनको व्यवस्थापन गरिरहेको छ । त्यसैले भारतीय पेट्रोल पम्पले नेपालीलाई इन्धन भर्न रोक लगाउनुको पछाडिको मुख्य कारण नेपाल सरकारले भारतीय बजारबाट समान खरिद गर्ने उपभोक्ताहरुमाथि गरेको कडाईको जवाफकोरुपमा लिइएको छ ।

 




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।