राजीनामाबारे नेप्सेका सिइओ चूडामणि चापागाईंको स्पष्टीकरण : 'म कार्यालयमै काम गरिरहेको छु'

Apr 28, 2026 12:22 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (CEO) चुडामणि चापागाईंले आफ्नो राजीनामाको विषयमा सामाजिक सञ्जाल र केही अनलाइन पोर्टलहरूमा सम्प्रेषण भएका समाचारहरू पूर्णतः गलत र भ्रामक भएकाे बताएका छन् ।

आज (मंगलबार) बिहानैदेखि विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा "नेप्सेका सिइओ चापागाईंले राजीनामा दिएको" भन्दै खबरहरू प्रकाशित थिए।

उक्त समाचारको वास्तविकता बुझ्न खोज्दा स्वयं सिइओ चापागाईंले त्यसको खण्डन गरेका हुन्।

यस विषयमा प्रतिक्रिया दिँदै सिइओ चापागाईंले आफू नियमित रूपमा कार्यालयमा उपस्थित भई कार्यसम्पादन गरिरहेको बताए। उनले भने, "म आज पनि कार्यालय आएर नियमित काम गरिरहेको छु। मैले राजीनामा दिएको भन्ने समाचारमा कुनै सत्यता छैन। कुन ठाउँबाट र कसरी यस्तो गलत सूचना बाहिरियो, त्यो मैले पनि बुझ्न सकेको छैन।" उनले थप स्पष्ट पार्दै अहिले राजीनामा दिने कुनै पनि योजना वा सोच नरहेको समेत बताए। "यदि राजीनामा दिनु नै पर्ने परिस्थिति आएमा म लुकीछिपी होइन, पत्रकार सम्मेलन गरेरै औपचारिक रूपमा जानकारी गराउनेछु," उनले थपे।

केही फेसबुक पेज र अनलाइनहरूले 'ब्रेकिङ न्युज' भन्दै फोटो कार्डहरू बनाएर सेयर गरिरहेका छन्। 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।