सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे महानिर्देशककाे जिम्मेवारी निर्मल ढकाललाई

Apr 28, 2026 06:56 PM merolagani



सम्पत्ति  शुद्धीकरण अनुसन्धान विभागकाे महानिर्देशककाे जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ ।

ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यस अघिका महानिर्देशक गजेन्द्र ठाकुरलाइ मन्त्रालयमा तानिएपछि ढकाललाई जिम्मेवारी दिइएकाे हाे । उनको श्रीमतीको नाममा विवादित दिपक भट्टको लघुबीमा कम्पनीको शेयर देखिएपछि ठाकुर मन्त्रालय तानिएका हुन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।