राष्ट्रिय सभामा नेपाली कांग्रेसको दलको नेताबाट सिटाैला हटाइए, कमला पन्त अब दलकाे नेता

Apr 29, 2026 01:02 PM Merolagani



राष्ट्रिय सभामा नेपाली कांग्रेसको दलको नेतामा कमला पन्त नियुक्त भएकी छन्। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

यसअघि उक्त पदमा रहेका कृष्ण सिटौलालाई हटाउँदै पन्तलाई नयाँ नेता चयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। पार्टी विधानअनुसार प्रतिनिधिसभा दलका नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार राख्छन्।

आन्तरिक गुटगत सन्तुलनका दृष्टिले पनि यो परिवर्तन अर्थपूर्ण मानिएको छ। सिटौला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् भने पन्त महामन्त्री गगन थापा पक्षकी नेतृ हुन्। पन्त विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएकी नेतृका रूपमा चिनिन्छिन्।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।