हालसम्म छापिए १२ लाख स्मार्ट लाइसेन्स, थप १७ लाख छाप्ने सरकारको तयारी

Apr 30, 2026 01:15 PM Merolagani



सरकारले हालसम्म १२ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न गरेको छ । सुरक्षण मुद्रण केन्द्रसँग यातायात व्यवस्था विभागले गत कात्तिक १२ मा १२ लाख स्मार्ट लाइसेन्स छपाइ गर्ने सम्झौता गरेको थियो ।

सम्झौता भएको ६ महिनामा केन्द्रले १२ लाख स्मार्ट लाइसेन्स छापेर विभागलाई बुझाएको हो। ट्रायल पास भएका र नवीकरणका लागि राजस्व बुझाइएको पुरानो मितिका २९ लाखभन्दा बढी लाइसेन्स छाप्नुपर्नेछ। त्यसमध्ये हालसम्म १२ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने काम सकिएको केन्द्रले जनाएको छ।

दोस्रो चरणमा ४ वैशाखमा सम्झौता भएअनुसार थप १७ लाख लाइसेन्स छाप्ने तयारीमा सुरक्षण मुद्रण केन्द्र जुटेको छ। विगतमा वर्षौंदेखि चालकहरूले ट्रायल पास गरे पनि स्मार्ट कार्ड पाउन सकेका थिएनन्। देशभर दैनिक ५ हजार स्मार्ट कार्डको माग भए पनि त्यसअनुसार लाइसेन्स छपाइको काम निकै सुस्त थियो।

चालकले ट्रायल पास गरे पनि ४–५ वर्षसम्म पनि स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन्। नगदी रसिद वा चिर्कटो देखाएर सवारी चलाउनुपर्ने बाध्यता थियो।

नयाँ सरकार बनेपछि भने लाइसेन्स छपाइ कार्यमा तीव्रता दिइएको छ। छापिएका लाइसेन्सहरू वितरणका लागि विभिन्न प्रदेशका यातायात कार्यालयमा पठाइएको र वितरण कार्य समेत भइरहेको विभागले जनाएको छ।

सरकारले आगामी साउन १ गतेसम्म सबै लाइसेन्स छपाइ सक्ने लक्ष्य राखेको छ। त्यसपछि रसिद वा चिर्कटो लिएर हिँड्ने युगको अन्त्य हुनेछ। नयाँ सरकारले पनि शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा लाइसेन्स छापेर हुलाकमार्फत घरमै पुर्‍याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।