दक्षिण कोरियाकी पूर्वप्रथम महिलाको शेयर घोटाला मुद्दा हेरिरहेका न्यायाधीश मृत फेला

May 07, 2026 10:48 AM Merolagani



दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–ही संलग्न ‘ड्युच मोटर्स’ शेयर बजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक न्यायाधीश मृत फेला परेका छन् ।

योनहाप समाचार एजेन्सीकाअनुसार सोल उच्च अदालतका न्यायाधीश शिन जोङ–ओ बुधवार बिहान सबेरै सोलस्थित अदालत भवन नजिकै मृत फेला परेका हुन् । मध्यरातमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजी गर्दा स्थानीय समयअनुसार करिव १ बजे उनी मृत भेटिएका थिए । प्रहरीले उनको मृत्युको वास्तविक कारणबारे गहन अनुसन्धान सुरु गरेको छ । उक्त मुद्दा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीसँग सम्बन्धित छ ।

 

गत सोमवार मात्रै विशेष अभियोजक टोलीले किमलाई शेयर बजार चलखेल र भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाउने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । यसअघि अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्याउने निर्णय गरेको थियो । अदालतले जेल सजायका साथै ५ करोड वन (करिव ३३,९१० अमेरिकी डलर) जरिवाना समेत तोकेको थियो । यद्यपि, विशेष अभियोजक टोलीले भने किमलाई १५ वर्षको जेल सजाय हुनुपर्ने माग गर्दै आएको थियो । न्यायाधीश शिन यसै संवेदनशील मुद्दाको सुनुवाइ प्रक्रियामा संलग्न थिए ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।