जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

May 10, 2026 09:16 AM Merolagani



तारकेश्‍वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने धादिङ घर भएका ३५ वर्षीय प्रेम तामाङको कोठा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार रूपैयाँ, ७ बुक तास र १७ थान कौडा सहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५,चापागाउँस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर ईमाडोल बस्ने भोजपुर घर भएका ४५ वर्षीय कृष्ण बराईली समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ३ सय रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।