नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ३०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भएको थियो।
