उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभीलाई कम्पनीले ‘Find Your MORE’ भन्ने ब्रान्ड दर्शनका साथ बजारमा ल्याएको हो।

MG SMIL का प्रतिनिधि श्री मुहम्मद कासिम जहूरको विशेष उपस्थितिमा सोमबार काठमाडौं आयोजित एक कार्यक्रमकाबीच यो गाडी सार्वजनिक गरिएको हो।
मुख्य विशेषताहरू र क्षमता
अत्याधुनिक ईभी प्रविधिमा आधारित एमजीएस६ इभीमा १८० किलोवाटको शक्तिशाली मोटर र ७७ किलोवाट आव को एड्भान्स्ड ब्याट्री प्याक जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा ५३० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ। साथै, गाडीमा रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणाली र रियर–ह्वील ड्राइभ प्रविधि प्रयोग गरिएको छ, जसले यात्रालाई सहज, स्थिर र आरामदायी बनाउने दाबी गरिएको छ।
वारेन्टी र मूल्य
कम्पनीले यस गाडीको ब्याट्रीमा ११ वर्ष वा १५ वर्षसम्मको विस्तारित वारेन्टी कार्यक्रम लागू हुने जनाएको छ। त्यस्तै, मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध हुनेछ। नेपाली बजारमा यसको प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
एमजी नेपालका अनुसार ग्राहकहरूले देशभर रहेका एमजी शोरुमहरूमा गई नयाँ एमजीएस६ इभीको प्रत्यक्ष अनुभव लिनुका साथै यसका प्रिमियम फिचर र अत्याधुनिक प्रविधिबारे थप जानकारी प्राप्त गर्न सक्नेछन्। यस नयाँ मोडलले नेपालको बढ्दो विद्युतीय सवारी साधनको बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ।