राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, यस निक्षेप संकलन उपकरणको बोलकबोल आजै (वैशाख ३० गते) दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बहु-ब्यादरमा बोलकबोल गर्न सक्नेछन्।
मुख्य विशेषताहरू:
-
निष्काशन मिति: २०८१ वैशाख ३० गते।
-
सावाँ तथा ब्याज भुक्तानी मिति: २०८१ असार १० गते।
-
सहभागी हुन पाउने: राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू।
-
बोलकबोल सीमा: न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म।
सूचनामा उल्लेख भए अनुसार, निक्षेप संकलनको ब्यादर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिएर निक्षेप संकलनको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। यदि समान ब्याजदर भएमा 'प्रो-राटा बेसिस' (Pro-rata Basis) मा बाँडफाँड गरिने व्यवस्था छ।
नियम र सर्तहरू:
निक्षेप संकलन उपकरणलाई बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन्। यद्यपि, यसरी संकलन गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन, तर वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाइनेछ।
बोलकबोल स्वीकृत भएका बैंकहरूको खातामा पर्याप्त मौज्दात नभएमा राष्ट्र बैंकले त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएको छ। यस उपकरणको समय अवधि समाप्त हुनुअघि 'प्रि-म्याच्योर' (Pre-mature) भुक्तानी हुने छैन।