कालीगण्डकी नदीको दोहन रोक्न ‘कालीगण्डकी संरक्षण ऐन’ ल्याई कार्यान्वयन गर्न सांसद सुशील खड्काको माग

May 13, 2026 12:44 PM Merolagani



रास्वपाका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का सांसद सुशील खड्काले कालीगण्डकी नदीको दोहन तत्काल रोक्न सरकार समक्ष माग गरेका छन् । बुधबार संघीय संसदको शून्य समयमा बोल्दै सांसद खड्काले मानव जीवनकाे आधार स्तम्भ मानिएको ऐतिहासिक शालिग्राम पाइने कालीगण्डकी नदीको दोहन रोक्न पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले कालीगण्डकी नदीको शालिग्रामलाई गिटी र बालुवाका रुपमा कौडीको भाऊमा बेचिएको बताए । ‘शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो । तर, यो आज कौडीको भाऊमा बेचिएको छ । शालिग्रामलाई गिटी र वालुवाको जम्मा वर्षको ३५ लाखमा मात्र ठेक्का लगाइएको छ,’ उनले भने ।

त्यस्तै उनले नदीको दोहन रोक्न जनस्तर र जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाए पनि दोहन नरोकिएको बताए । ‘नदीमा भइरहेको दोहन रोक्नका लागि जनस्तर र हामी जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाउँदा पनि यो रोकिएको छैन,’ उनले भने ।

उनकाअनुसार, नदी दोहन नरोकिए बागमती नदीजस्तै अर्को मृत नदी बन्ने अवस्था आएको हो । ‘अब पनि दोहन रोकनौं भने बागमती जस्तै अर्को मृत नदी यसलाई बनाउँदैछौं । तसर्थ, यस सदनमार्फत म जोडदार माग गर्दछु कि नदी दोहन तुरुन्त रोकियोस्, नदीलाई संरक्षित नदीका रुपमा घोषणा गरियोस् ।’

उनले नदी दोहन रोक्न र संरक्षण गर्न कालीगण्डकी संरक्षण ऐन पास गरी कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

‘यसै सदनले कालीगण्डकी संरक्षण ऐन पास गरी तत्काल कार्यान्वयन गरोस्,‘ उनले भने । त्यस्तै, उनले मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ सडक खण्डको काम तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई तोकेता गर्न सरकार समक्ष माग गरेका छन् ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।