समृद्धि फाइनान्सले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार, राष्ट्र बैंकको बैशाख २९ को पत्रमार्फत मर्जरका लागि अन्तिम सहमति प्राप्त भएको हो । दुई संस्थाबीचको यो एकतासँगै अब एकीकृत कारोबारका लागि बाटो खुलेको छ। मर्जरपछि संस्थाको वित्तीय अवस्था थप सुदृढ हुने र सेवा प्रवाहमा प्रभावकारिता आउने विश्वास लिइएको छ ।