प्रतिनिधिसभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

May 14, 2026 08:36 AM Merolagani



संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

बैठकमा बैशाख २८ गते, सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ। त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र सभामुखले नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ।