याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

May 13, 2026 10:09 AM Merolagani



बैशाख ३० गते, बुधबार, याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख ८२ हजार ४९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ। जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही बेरमा हेर्न सकिनेछ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।