हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न असारसम्म रोक

May 14, 2026 09:57 AM Merolagani



नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL)लाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ।

प्राधिकरणको बैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो।

 

यद्यपि, प्राधिकरणले साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्यलाई भने यथावत राखेको छ। कुपण्डोल, ललितपुरस्थित प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) अनुसार मिति २०८३/०१/३१ मा यो सूचना प्रकाशित गरी सरोकारवालाहरूलाई सूचित गरेको छ।