जालपादेवी केबुलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

May 14, 2026 11:39 AM Merolagani



आइएमई समूहद्वारा निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारीमा भएको छ । 

उक्त समुहले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने ३.१ किमि लामो यो केबलकार सुदूरपश्चिमको पर्यटन विकासका लागि नयाँ आकर्षण केन्द्र बन्नेछ।

बटम स्टेशनदेखि टप स्टेशनसम्म निर्माण हुने होटल, रिसोर्ट, स्काई वाक, मन्दिर, पार्कलगायतका पूर्वाधारले यस क्षेत्रलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आइएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

काठमाडौंमा चन्द्रागिरी केबुलकार बनाइसकेको यो समुहले सुदुरपश्चिम प्रदेशको कैलालीमा उक्त केबुलकार निर्माण गरिरहेको हो ।