नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि निर्माण आयोजनाको काम रोकेर सरकारी कार्यालयमा धर्ना र घेराऊ गर्ने कार्यक्रम थालेको हो ।
महासंघले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेलगायतका आन्दोलनका कार्यक्रम तय गरिएको छ । इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिनलगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीको निष्कर्ष छ ।
निर्माण व्यवसायीहरुले मूल्य समायोजन निर्देशिका तत्काल ल्याउन माग गरेका छन् भने मूल्यवृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने माग गरेका छन् ।