नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

May 14, 2026 12:25 PM Merolagani



नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई दिइएको छ। बैंकको बैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई बैंक सञ्चालन सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेकाे हाे।

हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रा.लि. सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले बैंकको दैनिक कार्यसम्पादनलाई निरन्तरता दिन ढकाललाई यो जिम्मेवारी सुम्पिएको बैंकले जनाएको छ बैंकले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्रमार्फत गराएको छ ।