सरकारसँग व्यवसायीको मागः एमआरपी कार्यान्वयनमा देखिएको जटिलता तत्काल समाधान हुने व्यवस्था गरियोस्

May 17, 2026 05:14 PM Merolagani



नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) लगाउने निर्णय कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । ठूल्ठूला होटलगायतका पर्यटन क्षेत्रहरुमा उक्त निर्णय कार्यान्वयनमा जटिलता देखिएका ती समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बताए । उनले व्यवसायीलाई अनावश्यक दवाव दिने गरी कुनै पनि निर्णय नगर्न पनि सरकारलाई सचेत गराए। 

महासंघले एमआरपी कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैंत्री बनाउन, साना व्यवसायीलाई उक्त विषयमा सचेत गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।