बारमा आवद्ध कानुन व्यवसायीले आज दिउँसै अदालत परिसरमा लालटिन बालेर सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायिक प्रक्रियालाई सहज बनाउन माग गरे । लालटिनसहित उनीहरुले विभिन्न नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।