सुनचाँदीको मूल्य बढ्यो

May 21, 2026 10:58 AM Merolagani



बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।