एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

May 21, 2026 07:20 PM Merolagani



एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व -CSR_अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमुसमुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुब ज्यू, तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमुज्यू, अध्यक्ष हुमबहादुर गुरुब ज्यू तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यू लगायतले संयुक्त रुपमा वितरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यूले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा
खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।