सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्ने निर्णय गरेसँगै अटो व्यवसायीहरुकाे आकस्मिक बैठक बस्दै

May 22, 2026 11:24 AM Merolagani



सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्का गर्ने व्यवस्था ल्याएसँगै अटो व्यवसायीहरुले आकस्मिक रुपमा बैठक डाकेका छन् ।

अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपाल(नाडा) ले सरकारले ल्याएको उक्त व्यवस्थाका विषयमा छलफल गर्न बैठक डाकेको हो ।

अटो व्यवसायीलाई सोध्दै नसोधी ऐनको व्यवस्था परिमार्जन गर्दै सरकारले गरेको उक्त निर्णयको समिक्षा र आधिकारीक विषयमा केही महत्वपूर्ण निर्णय गर्ने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।

‘के कारणले र कति दिनका लागि यो व्यवस्था ल्याइएको हो, त्यो स्ष्पट हुनुपर्यो, अझ विद्युतीय सवारीको आयात र दर्ता प्रक्रिया पनि रोक्ने निर्णयका विषयमा आज हामी बैठक बस्दैछौं,’ उनले भने, ‘बैठकपछि मात्र नाडाको आधिकारीक धारणा आउँला ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।