विदेशी प्रविधिले ‘देसी स्वाद’ नचिन्दा...एयरपोर्टको मेसिनले मसलालाई ‘हेरोइन’ मानेपछि ५७ दिन जेल परे उद्यमी

May 22, 2026 03:09 PM mero lagani



जमाना प्रविधिको छ । प्रविधिले हरेक क्षेत्रको काममा सहयोग पुर्याइरहेको छ ।

तर, कहिले काँही प्रविधिले मानिसलाई कतिसम्म हण्डर खुवाउँछ भन्ने कुरा यसैसाता भारतमा देखिएको छ ।

भारतका एक उद्यमीले विदेश जाँदा बोकेको मसलालाई भोपाल विमानस्थलको सेक्युरिटी मेसिनले लागू पदार्थ ‘हेरोइन’ भएको बताएपछि उनी पक्राउ मात्र परेनन् । ५७ दिन जेल बसे । उनलाई गत मंगलबार मध्य प्रदेश उच्च अदालतले रिहाई गर्दै १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिनको लागि आदेश दिएको थियो । त्यसपछि यो घटनाले प्रविधिको विस्तार र दुरुपयोगको बारेमा भारतमा गम्भिर बहस सृजना गरेको छ ।

समाचारअनुसार ती उद्यमी केही समयको लागि मलेसिया जान लागेका थिए । त्यहीक्रममा उनले मलेसियामा पनि त्यही क्रममा ‘देसी स्वाद’ का खाना खाइरहन केही प्याकेट गरम मसला र आमको अचार आफ्नो लगेजमा राखेका थिए । जब उनी भोपाल बिमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा Explosive Trace Detector (ETD) मेसिनले उनको झोलामा रहेको आमचुर र गरम मसालामा “हेरोइन” र MDEA नामक साइकोट्रोपिक पदार्थ देखाएको थियो ।

त्यसपछि उनलाई तत्काल पक्राउ गरियो र मसालाका प्याकेट परीक्षणका लागि क्षेत्रीय फरेन्सिक प्रयोगशालामा पठाइयो । तर प्रयोगशालाले १० दिनपछि परीक्षण गर्ने सुविधा नै नभएको भन्दै त्यत्तिकै फिर्ता पठायो । त्यसपछि नमुना हैदराबादस्थित केन्द्रीय फरेन्सिक प्रयोगशालामा पठाइयो, जहाँ परीक्षणपछि ती सामग्रीमा कुनै पनि लागूऔषध नभएको पुष्टि भयो ।

 

त्यसपछि पीडितका वकिलले उक्त परिक्षणको रिपोर्ट अदालतमा रिपोर्ट पेश गरे । अनि बल्ल उनी रिहा भए । त्यतिन्जले उनी ५७ दिन जेल बसिसकेका थिए । पीडितका वकिलले अदालतमा विमानस्थलमा रहेको ETD मेसिन क्यानडामा बनेको र भारतीय मसला परीक्षणका लागि उपयुक्त प्रविधि त्यसमा नरहेको दाबी गरेका थिए । ‘विदेशमा बनेका मेसिनहरुले हाम्रा उत्पादन चिन्दैनन् । त्यसैले त्यसमा अनेक किसिमका समस्या सृजना गर्छन् । अहिले पनि त्यही भएको हो’ अदालतमा बहसको क्रममा वकिलहरुले भनेका थिए ।

न्यायाधीश दीपक खोटको इजलासले राज्यको फरेन्सिक पूर्वाधार कमजोर भएको प्रमाणकोरुपमा उक्त घटनालाई चित्रण गर्दै एक निर्दोष नागरिकले त्यसरी गैरकानुनी रूपमा जेल बस्नु राष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरेको हो ।

लाइभ ल डट इनका अनुसार अदालतले तीन महिनाभित्र १० लाख रुपैयाँ क्षतिपूर्ति दिन दिँदै पीडितले थप क्षतिपूर्तिको लागि सम्वन्धित निकाय व्यक्तिविरुद्ध छुट्टै क्षतिपूर्ति मुद्दा दायर गर्न सक्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विमानस्थल प्रशासनले भने आफूहरुको नियत खराब नभएको दावी गर्दै मेसिनमा लागूऔषध पत्ता लगाउने सुविधा वैकल्पिक रहेको र आफूहरू केवल मेसिन खरिद तथा मर्मतको जिम्मेवार निकाय भएको तर्क गरेको थियो ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।