गत २०८२ साउनदेखि बैशाख मसान्तसम्ममा चीन र भारतीय सीमाबाट उक्त संख्यामा इभी आयात भएका हुन् । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, उक्त अवधिमा तीन पाङ्ग्रे विद्युतीय सवारी(इभी) मात्रै ७ हजार ७८५ थान आयात भएको देखिन्छ ।

त्यस्तै, ५० किलोवाटसम्मको एसेम्बल हुन बाँकी २ थान र ५० किलोवाटसम्मको विद्युतीय कार, जीप र भ्यानहरु २ हजार ८४८ थान इभी आयात भएका छन् । त्यस्तैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका कार,जीप र भ्यानहरु ५ हजार २५ थान आयात भएको तथ्यांकल देखाएको छ ।
त्यस्तैगरी, १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ७२३ थान र २०१ भन्दा माथिको क्षमताका ९ वटा इभी गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार, आयातित ती इभी गाडी आयातमा मात्रै २१ अर्ब २२ करोड रुपैयाँ रकम नेपालबाट विदेशिएको छ ।
आयात हुनेमा सबैभन्दा बढी ५१ किलोवाट क्षमतादेखि १०० किलोवाटसम्मका इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएका छन् । त्यो क्षमताका इभी आयातमा मात्र १३ अर्ब २ करोड रुपयाँ खर्चिनु परेको छ ।
त्यस्तै, ५० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक कार, जीप र भ्यान आयातमा ५ अर्ब र १०१ देखि २०० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान आयात गर्दा २ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ । आयात गरिएका विद्युतीय कार, जीप र भ्यानबाट सरकारले १२ अर्ब ७३ करोड रुपैयाँ रकम सरकारले राजश्व समेत संकलन गरेको छ ।