न्यायाधीश र वकिलहरुलाई न्यायाधीश पोखरेलको आग्रह–सार्वजनिक चासोका मुद्दाको फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु

May 25, 2026 10:42 AM Merolagani



सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताए । कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरुले फैसला गर्छौँ त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने । कुनै एउटा फैसला गर्यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको नतिजा राम्रो आयो भने प्रसंशा आउँछ । ओ हो म त भयंकर रैछु भन्ने वा नराम्रो भए राक्षस नै रहेछु भन्ने सोचाइको विकास हुन्छ । त्यसकारण त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नु भएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण तपाईले जुनदिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुहुन्छ त्यो दिनको केही पनि नहेर्नु ।’

न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरुले त्यसदिन अनलाइन र सोसल मिडिया नहेर्नु नै उपयुक्त हुने धारणा राखेका हुन्।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।