नेप्सेसँगै घट्यो कारोबार रकम

May 26, 2026 03:08 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ९.२४ अंक घटेर २७७७.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ५२ हजार ७५१ पटकको कारोबारमा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँबराबरको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत बढेको छ। सो कम्पनी गत शुक्रबार नेप्सेमा सूचीकृत भइ आजदेखि नियमित दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने साहस उर्जाको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।