जेनेसिस भेन्चर्सको आईपीओ व्यवस्थापन लक्ष्मी सनराईज क्यापिटलले गर्ने

May 27, 2026 10:54 AM Merolagani



लक्ष्मी सनराईज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेड बीच प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार जेनेसिस भेन्चर्सले जारी गर्ने २५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराईज क्यापिटलले सम्हाल्नेछ ।

सम्झौतापत्रमा लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्सका अध्यक्ष अनुज राठीले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रम दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।

सम्झौतासँगै लक्ष्मी सनराईज क्यापिटलले जेनेसिस भेन्चर्सको प्रस्तावित आईपीओ निष्काशन प्रक्रिया, नियामकीय समन्वय तथा सार्वजनिक बिक्री व्यवस्थापनको काम गर्नेछ । दुवै कम्पनीले यस सहकार्यलाई नेपालको पूँजी बजार विस्तार र सर्वसाधारण लगानीकर्ताका लागि नयाँ लगानी अवसर सिर्जना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

जेनेसिस भेन्चर्स निजी बजारमा केन्द्रित लगानी कम्पनी हो । कम्पनीले सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी गर्दै उच्च वृद्धि सम्भावना भएका क्षेत्र र दीर्घकालीन मूल्य सिर्जना गर्ने व्यवसायलाई प्राथमिकता दिने जनाएको छ ।

कम्पनीका अनुसार प्रस्तावित आईपीओबाट जुट्ने पूँजी भविष्यका रणनीतिक विस्तार योजना, नयाँ लगानी क्षेत्र पहिचान तथा व्यवसाय विस्तारमा प्रयोग गरिनेछ । नेपालको पूँजी बजारमा निजी लगानी कम्पनीहरूको सहभागिता बढ्दै गएको सन्दर्भमा यो आईपीओलाई चासोका साथ हेरिएको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।