सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, आकर्षक छुट र फाइनान्सिङ सुविधा

May 28, 2026 11:45 AM Merolagani



सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर सामसुङको नवीनतम ग्यालेक्सी स्मार्टफोनहरूमा सहजै अपग्रेड गर्न सक्नेछन् ।

 

अभियानमा सहभागी हुने ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधाका साथै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

कम्पनीले नयाँ सार्वजनिक ग्यालेक्सी एस२६ सिरिज र ए सिरिजका स्मार्टफोनहरूमा आकर्षक छुटको व्यवस्था गरेको छ । जसअनुसार ग्यालेक्सी S26+ मा २३ हजार रुपैयाँ तथा एस२६ अल्ट्रा र एस२६ मा १० हजार रुपैयाँ निश्चित छुट उपलब्ध गराइएको छ ।

 

त्यस्तै, ग्यालेक्सी ए५७ र ए३७ मोडलमा ग्राहकले ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस पाउनेछन् । यो अफरमा एनसेलका प्रयोगकर्ताहरूका लागि १८० जीबीसम्मको बोनस डेटा सुविधा समेत समावेश गरिएको छ ।

मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।