नेपाल राष्ट्र बैंकका तीन जना कार्यकारी निर्देशकको सरुवा

May 28, 2026 11:55 AM Merolagani



नेपाल राष्ट्र बैंकले विभिन्न विभागका  तीन जना कार्यकारी निर्देशकको सरुवा गरेको छ ।

मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी तीन जना कार्यकारी निर्देशकको विभागीय सरुवा गरिएको हो ।

राष्ट्र बैंकको २०८३ जेठ १२ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । त्यसैगरी डा. राम शरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा पठाइएको छ ।

यस्तै, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको सूचनामा उल्लेख छ ।

मानव संसाधन व्यवस्थापन विभागअन्तर्गत कर्मचारी अभिलेख व्यवस्थापन इकाइद्वारा जारी सूचनामा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलको हस्ताक्षर रहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।