सातामा करिब १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

May 30, 2026 05:44 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८६ प्रतिशत अर्थात २३.६१ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको छ।

यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ५५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.३५ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५७.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३१.१५ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। गत साता १० हजार ७९१.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २०१.३५ अंक बढेर १० हजार ९९२.६३ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सामान्य घटेको छ। गत साता २३९१.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.२६ प्रतिशत अर्थात ६.१२ अंक घटेर २३८५.३५ विन्दुमा झरेको छ।

यस साता मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ। यस साता आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस साता ५.९५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल इन्स्योरेन्स कम्पनी, कृषि विकास बैंक, सुपर माई हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, युनाइटेड अजोड इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।