यस्तो छ आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची

Jun 02, 2026 08:48 AM Merolagani



सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दै छ।

बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३ ८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सोपश्चात आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्णिक अनुमानमाथि सामान्य छलफल सुरु हुनेछ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।