नेपालको कम्युनिस्ट आन्दोलन इतिहासकै कठिन मोडमा छ, धुलो टकटक्याएर फेरि उठ्छौँः विष्णु पौडेल

Jun 03, 2026 12:23 PM Merolagani



नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उनले आन्दोलनले ठूलो क्षति भोगेको बताएका हुन् । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गरे । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गरे । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उनले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । खासगरी भदौ २३–२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति व्यहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति व्यहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन, नेपालको कम्युनिष्ट आन्दोलन सदा–सदाका निम्ति समाप्त भएर जान्छ । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन् । म यहाँहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु—हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का व्यहोरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई २००६ सालदेखि आजसम्म समग्र रूपमा मूल्याङ्कन गर्ने हो भने, यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो । तर म कमरेडहरूसँग आग्रह गर्न चाहन्छु कि हामी यो धक्कालाई चिर्नेछौँ, यो असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ । हामी धुलो टकटकाउनेछौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्नेछौँ ।’

जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पुर्याउने उनको प्रतिवद्धता छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।