विश्वकप ‘क्रेज’ले चलायमान हुदैँ आर्थिक क्षेत्रः नेपालमा ५ अर्ब भन्दा बढीको कारोबार हुने

Jun 11, 2026 05:51 PM Mero lagani



अमेरिका, मेक्सिको र अमेरिकाले संयुक्तरुपमा आयोजना गरेको फिफा विश्वकप फुटवलले विश्वभरमै एक प्रकारको रौनकता सृजना गरिसकेको छ ।

पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा भइरहेको खेलमा नेपालसहित दक्षिण एशियाका कुनै पनि देश सहभागि छैनन् । सहभागि नभए पनि यी देशहरुमा समेत आर्थिक गतिविधिलाई प्रभावित बनाएको देखिएको छ ।

नेपालको इतिहासमै पहिलो पटक कुनै नेपाली कम्पनीले भारतीय मिडियाको एजेन्सी नभई सिधै अन्तर्राष्ट्रिय फुटबल महासंघ (FIFA) सँग प्रत्यक्ष सम्झौता गरेर प्रसारण अधिकार खरिद गरेको छ। त्यसकारण पनि नेपालको लागि यो विश्वकप विशेष महत्त्वकाे बनेको छ ।

नेपालका लागि विश्वकपको विशेष प्रसारण अधिकार एस प्रो मिडियाले खरिद गरेको हो। यस कम्पनीका अध्यक्ष मिडिया हबका सोम धिताल हुन्, जसले २०२२ को विश्वकप पनि नेपालमा देखाएका थिए ।

एस प्रो मिडियाले फिफासँग १७ लाख ७५ हजार अमेरिकी डलर (करिब २७ करोड २५ लाख नेपाली रुपैयाँ) मा मात्रै राइट्स (प्रसारण अनुमति) खरिद गरेको हो । यसमा भ्याट, टीडीएस, स्याटेलाइट र प्राविधिक पूर्वाधार, रोयल्टी तथा प्रवर्द्धन खर्चहरू थपिँदा कुल लागत झन्डै ४ ० करोड रुपैयाँ पुग्ने दावि कम्पनीका अधिकारीहरुले गरेका छन् ।

एस प्रो मिडियाले नेपालभित्र टेलिभिजन र डिजिटल माध्यममा खेल देखाउनका लागि दुईवटा ठूला नेटवर्कसँग विशेष व्यावसायिक साझेदारी गरेको छ । टेलिभिजनमा विश्वकप प्रसारण गर्नका लागि हिमालय टेलिभिजन नेटवर्कसँग सम्झौता भएको छ। यसकै मातहतमा हालै नयाँ खेलकुद च्यानल हिमालय स्पोर्ट्स एचडी सुरु गरिएको छ, जसमा मात्रै टिभीमा खेल हेर्न पाइनेछ।

त्यसको लागि आफ्नो केवल वा डिटिएच (जस्तै डिशहोम, क्लियर टिभी, नेटटिभी आदि) प्रतिग्राहक ९९९ रुपैयाँ तिर्नु पर्नेछ । विश्वकप प्रशारणको अधिकार प्राप्त गरेको एस प्रो मिडिया स्रोतकाअनुसार यसपटक झण्डै ४ लाख टेलिभिजन सब्सक्राइबर हुने अवस्था देखिएको छ । त्यसो भयो भने झण्डै ३९ करोड ९६ लाख रुपैयाँ टेलिभिजन सब्सक्राइबरबाट मात्रै उठ्नेछ ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच अभूतपूर्व रूपमा बढेकाले डिजिटल माध्यमबाट विश्वकप हेर्नेहरूको संख्या यस पटक निकै ठूलो हुने अनुमान गरिएको छ। एप सब्सक्राइबरको अनुमानस् मुख्य मिडिया पार्टनर र सेवा प्रदायकहरूको प्रक्षेपण अनुसार, विश्वकप अवधिभरमा DGO एप र डिजिटल नेटवर्कहरू (जस्तै नेटटिभी एप आदि) मार्फत मात्रै ५ लाख ग्राहकले सशुल्क (Paid Subscription) पास खरिद गर्ने अनुमान गरिएको छ। यसको शुल्क रु. ५४९ (करसहित) तोकिएको छ। यदि कम्पनीको अनुमानअनुसार कै ५ लाख ग्राहकले उक्त एप डाउनलोड गरे भने कम्पनीले त्यसबाट २७ करोड ४५ लाख आम्दानी गर्नेछ ।

विज्ञापनबाट करिब १० करोड करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको सम्वद्ध स्रोतले जानकारी दिएको छ । यो आधारमा कम्पनीको अपेक्षाअनुसार नै टेलिभिजन र एप सब्सक्राइब भयो र विज्ञापन पनि अपेक्षाअनुसार नै उठ्यो भने झण्डै ७८ अर्वको आम्दानी हुने देखिएको छ । ‘तर, यो अहिलेको लागि अनुमानकै कुरा हो । यकिन तथ्य त विश्वकप फुटवल सकिएपछि बल्ल स्पष्ट हुनेछ’ सम्वद्ध एक अधिकारीको भनाइ छ । 

जर्सीको व्यापार व्यापार

नेपाल खेलमा नभए पनि नेपाली प्रशंसकहरू आफूले सपोर्ट गर्ने देश खासगरि अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जर्मनीको जर्सी किन्न मरिहत्ते गर्छन्।

त्यहीकारण अहिले न्यूरोड, रञ्जना गल्ली, भृकुटीमण्डपदेखि ठूला सपिङ मलहरू (जस्तै भाटभटेनी) र अनलाइन इ-कमर्स प्लेटफर्महरूमा जर्सीको व्यापार निकै बढेको छ ।

बजारमा ५०० रुपैयाँको साधारण जर्सीदेखि लिएर ब्रान्डेड र फ्यान भर्सनका ३,००० देखि ४,००० रुपैयाँसम्मका जर्सीहरू लाखौँको संख्यामा बिक्री हुन्छन्। त्यहीकारण अहिले फेन्सी पसलहरुको लागि एक प्रकारको दशैं नै आएको छ ।

विश्वकपको मज्जा ठूलो स्क्रिनमा लिन चाहने हुनाले नेपालमा टेलिभिजनको बिक्री पनि निकै बढेको बताइएको छ । सामसङ, एलजी, सीजी, सोनी जस्ता ठूला ब्रान्डहरूले २५५ देखि ४०५ सम्मको भारी छुट, फ्री इन्टरनेट प्याकेज र वर्ल्डकप लाइभ सब्सक्रिप्सन अफरहरू संचालन गरिरहेका छन् ।

काठमाडौँको ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड सहित देशका प्रमुख सहरका क्याफे र रेस्टुरेन्टहरूले लाइभ स्क्रिनिङमार्फत ग्राहक आकर्षित गर्छन्। विश्वकपको महिना दिनमा रेस्टुरेन्टहरूको नाइटलाइफ र खाद्य तथा पेय पदार्थ (विशेष गरी बियर र सफ्ट ड्रिंक्स) को व्यापार दोब्बरले बढ्छ।

यसरी नेपाल मैदानमा नहुँदा पनि नेपालीहरूको खेलप्रतिको क्रेजले गर्दा विज्ञापन, मिडिया लाइसेन्सिङ, गार्मेन्ट (जर्सी), र इलेक्ट्रोनिक्स क्षेत्रमा गरी प्रत्यक्ष अप्रत्यक्ष रूपमा ५ अर्ब भन्दाको आर्थिक कारोबार चलायमान हुने अनुमान गरिएको खेल क्षेत्रका विश्लेषकहरु बताउँछन् ।

 




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।