विश्वकप २०२६ः क्यानडा र बोस्नियाबीचको खेल १–१ को बराबरीमा

Jun 13, 2026 04:49 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गतको आज बिहान भएको रोमाञ्चक खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ।

क्यानडाको टोरन्टो रङ्गशालामा ४३ हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा क्यानडाले पुनरागमन गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो अङ्क जोड्न सफल भएको हो।

खेलको २१ औँ मिनेटमा बोस्निया–हर्जगोभिनाका जे. लुकिचले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको क्यानडाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका सब्सटिच्युट खेलाडी काइल लारिनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क तालिकामा खाता खोल्न सफल भएको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।