पूर्व-पश्चिम विद्युत्तीय रेलमार्गका लागि रोक्का गरिएको जग्गाको मुआब्जा नै पाउनुहुन्छ–पूर्वाधारमन्त्री

Jun 18, 2026 03:21 PM Merolagani



सरकारले पूर्व–पश्चिम विद्युत्तीय रेलमार्गअन्तर्गत पूर्वी नेपालका जिल्लाहरुमा रोक्का गरि राखिएको जग्गाको उचित मुआब्जा पाउने भएका छन् ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधि सभामा बोल्दै पीडितले मुआब्जा नै पाउने बताएका हुन् ।

उनले मुआब्जा  वितरणमा ढिलाइ हुनुका पछाडि बजेट र पूँजी अभावका कारण अघि बढ्न नसकिएको बताए । उनले आर्थिक स्रोतको अभावका कारण केही ढिला हुन पुगे पनि रेलमार्ग निर्माणको योजना अघि बढाइने बताए ।

‘रेलमार्गको कुरा गर्दा, जति पनि जग्गा रोक्का गरि राखिएको छ । त्यसको उहाँहरुले मुआब्जा नै पाउनुहुन्छ । आर्थिक स्रोतको अभावले केही ढिला भएको हो । आयोजना सम्पन्न गर्नु नै पर्छ हामीले ।’ उनले बताए ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।