रासायनिक मल सम्बन्धी गुनासो सम्बोधनका लागि 'फोकल व्यक्ति' तोकिए (सम्पर्क नम्बरसहित)

Jun 19, 2026 01:37 PM Merolagani



सरकारले देशभर रासायनिक मल आपूर्ति र वितरणका क्रममा देखिने समस्या तथा किसानका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न 'फोकल व्यक्ति' (सम्पर्क अधिकारी) तोकेको छ।

मल सम्बन्धी कुनै पनि समस्या, कालोबजारी वा वितरणमा ढिलाइ भएमा सम्बन्धित क्षेत्रका किसान र सरोकारवालाहरूले सिधै तोकिएका अधिकारीहरूलाई सम्पर्क गर्न सक्ने गरी जिम्मेवारी तोकिएको हो। गुनासो दर्ताका लागि मोबाइल नम्बरका साथै डिजिटल माध्यम (स्क्यान) बाट समेत पठाउन सकिने व्यवस्था मिलाइएको छ।

केन्द्र तथा प्रदेश अनुसार तोकिएका फोकल व्यक्तिहरू र उनीहरूको सम्पर्क विवरण यस प्रकार छ:

क्षेत्र/प्रदेश तोकिएका फोकल व्यक्ति र पद सम्पर्क नम्बर
केन्द्र (मन्त्रालय) रामकृष्ण श्रेष्ठ, सहसचिव (कृषि, वन तथा पर्यावरण मन्त्रालय) ९८५१२१२५५०
कोशी प्रदेश अभिमन्यु अधिकारी ९८५२०३५०३९
मधेश प्रदेश रविन वस्नेत ९८६२३१९४७३
बागमती प्रदेश सुदिप भुजेल, बाली विकास अधिकृत ९८६७८६३१९६
गण्डकी प्रदेश गोविन्द पाण्डेय, वरिष्ठ कृषि विकास अधिकृत ९८५१२२१३६४
लुम्बिनी प्रदेश अनिस श्रेष्ठ ९८५७०८२४७४
सुदूरपश्चिम प्रदेश हरिश कुमार विष्ट ९८४८९०३१०७



सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।