अमेरिका–इरान समझदारी सम्बन्धी प्राविधिक वार्तामा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री स्वीजरल्याण्ड प्रस्थान

Jun 21, 2026 10:58 AM Merolagani



पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गरेका छन् ।

 प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शरीफका साथै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर समेत स्वीजरल्याण्डको बुर्जेनस्टोकमा आयोजना हुने उक्त वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।

जुन २१ का लागि तय गरिएको सो वार्ताका लागि प्रधानमन्त्रीको साथमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल समेत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।