अघिल्लो कारोबार दिन अर्थात सोमबार १.४६ अंक बढेर २७००.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.८८ अंक घटेर २६९६.७६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२० अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५९ स्टकको १०५ पटकको कारोबारमा ४४ लाख ७२ हजार ६४६ रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।