प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्यो नेप्से

Jun 25, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७२ अंक घटेर २६५६.२९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको ६६ पटकको कारोबारमा १० लाख २८ हजार ५५६ रुपैयाँ ७० पैसाबराबरको २ हजार ४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।