हाल यी दुवै मोडलहरू परीक्षणको अन्तिम चरणमा रहेका छन्।
यी नयाँ संस्करणहरूमा बाहिरी डिजाइनमा सामान्य परिमार्जन र भित्री फिचरहरूमा व्यापक सुधार गरिएको छ। कम्पनीका अनुसार नयाँ ब्रेजा जुलाई २०२६ मा र ब्यालेनो फेसलिफ्ट अगस्टदेखि अक्टोबर २०२६ को बीचमा भारतीय बजारमा आउने अपेक्षा गरिएको छ ।
नयाँ २०२६ मारुति ब्रेजा फेसलिफ्ट
ब्रेजाको सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा हुनेछ। यसमा मारुति फ्रुक्सबाट सापट लिइएको १.० लिटर, ३–सिलिन्डर बुस्टरजेटटर्बोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिनेछ। यसले १०० पीएस पावर र १४८ एनएम टर्क उत्पादन गर्छ। यो नयाँ ६–स्पीड म्यानुअल गियरबक्ससँग आउन सक्छ। यसका साथै हालको १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र सीएनजी इन्जिन विकल्पहरू पनि कायम रहनेछन्।

इन्टेरियरमा नयाँ १०.१ इन्चको ठूलो टचस्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, र नयाँ सिट कभरहरू उपलब्ध हुनेछन्। बाहिरी बनावटमा नयाँ डिजाइनको ग्रिल, फग ल्याम्प, नयाँ एलोय ह्वील र सिल्भर फिनिसिङ भएको ठूलो स्किड प्लेट देखिनेछ।
नयाँ २०२६ मारुति ब्यालेनो फेसलिफ्ट
ब्यालेनो फेसलिफ्टको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। यसमा पुरानै ९० बीएचपी पावर भएको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहनेछ। ट्रान्समिसनमा ५–स्पीड म्यानुअल र ५–स्पीड एएमटीको विकल्प हुनेछ। बाहिरी बनावटमा भने अगाडिको भागमा नयाँ ग्रिल र बम्पर थपिनेछ। यद्यपि, प्रोजेक्टर एलईडी हेडल्याम्प र डीआरएल भने पुरानै रहनेछन्।
नयाँ ब्यालेनोको सबैभन्दा ठूलो आकर्षण ‘सिंगल प्यान सनरुफ’ हुनेछ। यसका साथै भित्र एम्बियन्ट लाइटिङ, नयाँ क्याबिन थिम, ९ इन्चको फ्लोटिङ टचस्क्रिन, हेड-अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एनालग इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरू रहनेछन्।
पछिल्लो समय नेपाली बजारमा पनि मारुति सुजुकीका गाडीहरूको माग उच्च रहेकाले यी मोडलहरू भारतमा सार्वजनिक भएको केही समयपछि नै नेपाल भित्रिने अपेक्षा गरिएको छ।