प्रतिनिधि सभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित

Jun 28, 2026 03:04 PM Merolagani



प्रतिनिधि सभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेकाे प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुखले प्रस्तावको पक्ष र विपक्षमा मत माग गर्दा विपक्षमा कुनै आवाज नसुनिएपछि विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

सभामुख अर्यालले बैठकमा भने, ‘विपक्षमा ’हुन्न’ भन्ने आवाज नसुनिएकाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।