शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने प्रस्ताव हटाइने

Jun 29, 2026 04:11 PM Merolagani



शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने प्रस्ताव हटाइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाइने भएकाे हाे ।

छलफलका लागि सार्वजनिक गरिएको कम्पनीको मस्यौदामा उल्लेख उक्त प्रस्तावको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।

मस्यौदाको दफा ८९ मा २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको शेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो शेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले शेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।